Galli Galli

सहयोग कि व्यापार?

By, Samjhana Balami, Operations Manager-Galli Galli

दिउँसोको लगभग साढे १२ देखि १ बजे सम्मको हाराहारीमा म ट्याम्पूबाट गौशालामा उत्रिए | गौशाला क्षेत्र एकदमै भिड हुने र जहाँ पनि पान खाएर थुकेको देख्दा मलाई यो क्षेत्रमा जान नपरेनी हुन्थ्यो जस्तो लाग्छ | गाडीहरुबाट आएको चर्का-चर्का हर्नको आवाज, गाडी कुरेर बसेको यात्रीलाई खलासीहरुले आ-आफ्नो गाडीमा लान गरेको होडबाजी आदि देख्दा मनैदेखि दिक्क लगेर आउँछ | जस्तो दिक्क लागेपनि काम परेपछि जानुनै पर्ने रहेछ |

म गल्ली-गल्लीको कामले गौशाला स्थित कर कार्यालयमा जानु परेको थियो | “सरकारी काम” यो शब्द सुन्दै झन्झटिलो हुन्छ होला भन्ने मानसिकता हामी सबै जनामा हुन्छ | म पनि अलि झ्याउ मान्दै आफ्नो गन्तव्यतर्फ लागिरहेकी थिएँ |

बाटोमा हिंडिरहेको बेलामा एकजना दाईले बहिनी भनेर बोलाउनु भयो | केहि काम परेर कसैले बोलाउनु भयो भनेर आवाज आए तिर फर्किए | उहाँले एक मिनेटको समय माग्नु भयो | त्यसपछी मैले केहि भन्नै नापाइकन उहाँले कुनै एक संस्थाको नाम र कामहरुको बारेमा भन्न थाल्नु भयो | गाडीहरु र मान्छेहरुको भिडले गर्दा उहाँले के भन्नु भयो राम्ररी सुन्नै पाईन| उहाँले ५ मिनेटमै आफ्नो कुराहरु भनेर सक्नु भयो | उहाँको हातमा प्याम्प्लेटहरु थिए | मैले पुनः उहाँलाई के भन्नुभएको भनेर सोधे र यस पटक उहाँले अलिक ठुलो स्वरमा आफ्नो कुराहरु सविस्तार राख्नु भयो | उहाँको अनुसार त्यो संस्थाले विद्यार्थीहरुलाई नि:शुल्क तालिमहरु र छात्रवृत्ति प्रदान गर्ने रहेछ |

मलाई के लाग्यो भने अब मलाई पनि यो संस्थामा आएर यी सबै कार्यहरुमा सहभागी हुन भन्नुहुन्छ होला | हामी सबैलाई थाहा भएकै कुरा हो कि यसरी कोहि व्यक्तिहरु हामीहरु बिचमा केहि कुरा गर्न आउंछन् भने कि त्यस संस्था वा जे कुराको बारेमा भन्नुहुन्छ, त्यसमा आबद्ध हुन वा आर्थिक सहयोग गर्न हामीलाई आग्रह गर्नुहुन्छ | पछी मैले त्यो दाइलाई अब मैले के गर्नु पर्यो त भनेर सोध्दा उहाँले एउटा कलम किनेर सहयोग गर्न सक्नु हुन्छ भन्दै आफुले बोक्नू भएको झोलाबाट कलम निकाल्नु भयो | विद्यार्थी भएको कारणले कलमहरु धेरै मात्रामा किनिरहने हुनाले कुन कलमको कति रुपैयाँ पर्छ भनेर कसैले भनिराख्नु नै नपर्ने होला जस्तो लाग्छ | मनमा लग्यो कि यदी आफ्नो सानो सहयोगले कसैलाई आफ्नो क्षमता बढाउन सहयोग पुग्छ भने म किन पछी हट्ने | त्यसैले मैले आफ्नो ब्यागबाट रु. १५ निकालेर दिए | उहाँले हाँस्दै मलाई बहिनी यो कलमको १५ होइन ८० हो भन्नुभयो | उहाँको कुरा सुनेर म एकछिन तिन छक्क परे र भने तर दाई यस्तो कलमको त बाहिर पसलहरुमा रु. १५ मात्र पर्छ | यो कलम त सहयोगको लागि हामीले बेचेका हौ त्यसैले सहयोग सम्झेर किनिदिनु भए हुने थियो |

फेरी त्यो दिन मैले आफ्नो पर्स घरमै भुलेकी थिए र मसँग गल्ली-गल्लीको दिदीले दिनुभएको गाडी भाडा बाहेक कुनै पैसा थिएन | एकछिन त म के गर्नु के गर्नु भनेर सोच्न थाले | मैले भनेकी म सहयोग गर्न त चाहन्छु तर पर्स घरमै भुलेको कारणले गर्दा म सहयोग गर्न नसक्ने भए | मेरो कुरा बुझेर मलाई मेरो काम गर्न जानदिनुहुन्छ कि भन्ने कुरा मेरो दिमागमा आयो | तर मैले सोचेको ठ्याक्कै उल्टो भयो | वरपर भएका उहाँको साथीहरु आएर मलाई त्यो कलम किन्नै पर्छ भनेर जबरजस्ती मेरो हातमा भएको ब्याग तान्न थाल्नु भयो | मैले मसँग भएको सबै पैसा देखाए र यस्तो सहयोग गर्ने कुरामा त जबरजस्ती गर्नुभएन नि भनेको मात्र थिए एक जना दिदीले हात समात्दै होइन यो तपाइले किन्नै पर्छ भन्नथाल्नु भयो | मलाई उहाँहरुको समूहले एकै छिनमा घेर्नु भयो | त्यति धेरै जना र म भन्दा नि ठूलाठूला दाई दिदीहरु देखेर म केहि बोल्नै सकिन | पछी बल्लतल्ल आँट गरेर यदी सहयोग चाहिन्छ र सहयोग गर्नु नै छ भने म आफ्नो स्वेच्छाले दिन्छु भनेर रु. ३० दिएर त्यहाँबाट निस्के | एकछिन त लामो सास फेरे र जे कामको लागि आएको थिए त्यो कामतिर लागे | त्यहाँ पनि झन् ठुलो समुहमा त्यही संस्थाका व्यक्तिहरु घुम्दै हिंडिरहेको देखे | फेरी पासोमा परिने हो की भनेर म हतारहतार गरेर बाटोको अर्कै साइडबाट हिंडे | पछी फर्किदा त्यही बाटोबाट फर्के | त्यति बेलामा अघिकै समूहले एक जना अधबैंस व्यक्तिको दुवै हात समातेर सहयोग मागिरहेको देखे | यस्तो देख्दा त अत्तिनै हुन थालेछ सहयोगको नाममा भन्ने मनमा लग्यो |

सहयोग त हाम्रो राजी खुसीले, आफुले चाहिए पछि पो दिने हो त | यसरी जबरजस्ती कसैबाट केहि राम्रो कामको लागि सहयोग माग्ने प्रबृत्तिको सुरुवात कहाँ र कहिलेबाट सुरु भयो | जबरजस्ती मागिने सहयोग त चन्दा असुली सरह भैहाल्यो नि ! यस्तो जबरजस्ती सहयोग माग्दा मानसिक रुपमा पर्न सक्ने असरको बारेमा पनि सोच्नु पर्छ नि | यसरी जबरजस्ती सहयोग असुल्नेहरुलाई केहि कानुन लाग्छ कि लाग्दैन ? जुन संस्थाबाट यसरी विज्ञापन गर्नुहुन्छ के ति संस्थाहरुले नै यसरी जबरजस्ती सहयोगको नाममा चन्दा असुल्न बनेका हुन्छन |

3 Comments

  • February 2, 2026

    Anyone else playing on 88ivina Heard some talk about it on discord, gonna check if it lives up to the hype. Check it out here 88ivina

  • February 2, 2026

    P9betbr, okay, I see you! Pretty solid interface and the odds seem competitive. If you’re searching for a reliable betting platform, this could be it. Definitely worth exploring if you’re in Brazil. Visit p9betbr to get started.

  • February 2, 2026

    Hey there fellow betters! I am new here but tried out Bet786game today and I think I liked it. They have a great selection of games available and the payment methods accepted were ones I used. Give it a look! bet786game

Leave Your Comment