नाम: तारा कुमारी वि.क
सिद्ध कुमाख गा.पा.वडा न:४ ढोरचौर (सल्यान )
सम्पुर्णमा मेरो नमस्कार !
सर्बप्रथम त म यस असर नेपालले एउटा अनुसन्धान विधिलाई नेपालमा संचालनमा ल्याउनुहुने टोलीलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु। किन भने यो असर नेपालले बालबालिकाहरुको सिकाई र सिकाईमा गरेका उपलब्धिहरु मापन सम्बन्धि धेरै कुराको जानकारी लिन सकियो ! सिकाई उपलब्धिमा रहेका असहजको कुराको मापन गरि कसरी सहज तर्फ लैजाने भन्ने कुराको महत्त्व बुझियो ।हाम्रो सामुदायमा बालबालिकाहरुले नेपाली, गणित ,अङ्ग्रेजी विषयहरुको पढाईको अवस्था कस्तो रहेछ त भन्ने कुरा र सिकाईमा गरेको उपलब्धि कसरी थाहा पाउन सकिन्छ र यसलाई कसरी मापन गर्न सकिन्छ भन्ने कुराहरु हामीले यस असर नेपालले दिएको ३ दिने तालिम बाट धेरै कुरा थाहा पाउन सकियो। यो तालिममा सहभागी हुन पाउँदा धेरै खुसी छु र अरु अझै धेरै बालबालिकाहरुलाई समेट्न पाएको भए झनै राम्रो हुने थियो भन्ने कुराको महसुस भईराखेको छ। यो कार्यक्रम मलाई धेरै नै राम्रो लागेको छ। र हजुर हरुले यो कार्यक्रम कर्णाली प्रदेशको ५ वटै जिल्लामा ल्याउनु हुनेछ भन्ने पुर्ण आशा राखेको छु। र यो असर नेपाल कर्णाली प्रदेशका विकट जिल्लाहरु सर्भेक्षणको सुरुवात गर्नु हुने टोलीको राजिब तिमल्सिना ,गल्ली गल्ली नामक गैह्रनाफामुलक संस्था, रोशन पोखरेल, प्रमिला बिसुके, ललित जंग शाही सर मेम सबै जनालाई मेरो पुनः धन्यवाद दिन चहान्छु ।
Thank you sir/madam.
यश गल्ली गल्ली नामक असर संस्थामा जोडिनु भएका सम्पुर्ण सर म्याडम लगायत यश संस्थाले दिएको तालिम र सो तालिम पश्चात फिल्डमा गएर आफ्नो गाउँ समाजको शैक्षिक स्थिती मापन गर्न खटिनु हुने सम्पुर्ण समाजप्रेमी हरुलाई म युवराज कार्किको तर्फबाट नमस्कार !
सर्बप्रथम त म पनि यस असर नेपालले एउटा पाइलट अवस्थाको अनुसन्धान विधिलाई नेपालमा संचालनमा ल्याउनुहुने टोलीलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु । किनकी हाम्रो गाउघरका हामी भन्दा साना भाइ बहिनिहरुको शैक्षिक स्थिती कस्तो छ भनेर बुझ्ने कहिल्यै चेष्टा नराख्ने हाम्रो बानिमा केही सुधार आएको छ । हो, म पनि तारा मिस जस्तै एउटा गल्लिगल्ली नामक संस्थामा आवद्द भएर 2 दिने तालिम र 3 दिनको फिल्ड सर्वेक्षण कर्ता हुं । म बराहताल वडा नं. ८ दमार सुर्खेतको बासिन्दा हु । मैले पनि यश संस्था मार्फत आफ्नै गाउको बारेमा, गाउका बाल बच्चाको बारेमा अनि सम्पुर्ण गाउपालिका कौ समग्र शिक्षामा रहेका प्रभाव हरु हेर्न, देख्न र बुझ्न पाए र अबका दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा पनि सिक्न पाए । त्यसैले यो संस्था एकदमै राम्रो छ र राजिव तिमिल्सिना, रोसन पोखरेल, प्रमिला बिसुके लगायत को सम्पुर्ण टिम लाइ धन्यवाद दिदै कर्णालिको नेतृत्व गर्दै गर्नु भएको ललित जंग शाही सर लाई नि विशेष धन्यवाद र पुरै कर्णाली भरको एकिन डाटा निकालेर त्यसमा परेको समस्या समाधान गर्न हामी सबैलाइ सम्झनु होला । हामी हजुरको यो यति राम्रो कामको लागि सदैव साथमा छौ । धन्यवाद
युवराज कार्की
बराहताल-08, दमार सुर्खेत
Promote our products and earn real money—apply today!